काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। मकवानपुरको चित्लाङ आसपासलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो क्षति भएको थियो।


