२०८३ कार्तिक १२ गते बुधबार

कल्पनाका दाँतले बनाए विश्व रेकर्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १०
Teeth1

काठमाडौँ- हामीमध्ये अधिकांशको मुखमा ३२ वटा दाँत हुन्छन्। २८ वटा दाँत वयस्क भएर आउँछन् र बाँकी चारवटा समयसँगै आउँछन् जसलाई बुद्धि बंगारा (दाँत) पनि भनिन्छ।

 कसैका दाँत ३२ भन्दा बढी छन् भन्दा विश्वास गर्नुहुन्छ? गिनिज वल्र्ड रेकर्डका अनुसार कल्पना बालन नामकी २६ वर्षीया भारतीय महिलाको सामान्य मानिसभन्दा ६ वटा दाँत बढी छ। अर्थात उनका ३८ वटा दाँत छन्। महिलाको तल्लो बङ्गारामा चार अतिरिक्त दाँत र माथिल्लो बङ्गारामा दुई अतिरिक्त दाँत छन्, जसले गर्दा उनको दाँतको संख्या ३८ पुगेको छ।

कल्पनाले किशोरावस्थामा अतिरिक्त दाँतको बारेमा थाहा पाएकी थिइन्। समयसँगै यी क्रमशः बढ्दै गए। जसका कारण उनलाई कुनै प्रकारको पीडा भएन तर खानपानमा समस्या हुन थाल्यो। खाना चपाउँदा प्रायः दाँतमा अड्किन्छ, जसका कारण मुखको स्वच्छताको समस्या बढ्न थाल्छ। त्यसैले परिवारका सदस्यहरू यी अतिरिक्त दाँतहरू हटाउन डाक्टरकहाँ गएका थिए।

दाँत जाँचको क्रममा, कल्पनाको दन्त चिकित्सकले दाँत सजिलैसँग हटाउन नसकिने भएकाले उनलाई दाँत ठूलो नहुँदासम्म पर्खन सुझाव दिए। यी दाँतका कारण कल्पनालाई खासै समस्या नभएकोले दाँत पूर्ण रूपमा विकसित भइसकेपछि पनि हटाउन नदिने निर्णय गरिन् र अहिले गिनिज वुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भइन्।

कल्पना भन्छिन्, ‘मलाई दाँत निकाल्ने प्रक्रियामा डर लागेको थियो र यी दाँतले कुनै विशेष समस्या त नपरोस्, त्यसैले यो मेरो लागि समस्या होइन। यति मात्र होइन, यी दाँतका कारण मेरो नाम गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ, जसमा म निकै खुसी छु। यो मेरो जीवनभरको उपलब्धि हो।’

यस्तै, पुरुषमा सबैभन्दा धेरै दाँत हुने रेकर्ड क्यानडाको इभानो मालोनको नाममा छ, उनका कुल ४१ दाँत छ। अतिरिक्त दाँतको उपस्थितिको लागि मेडिकल शब्द हाइपरडोन्टिया वा पोलिडोन्टिया हो। विश्वको ३.८ प्रतिशत जनसंख्या यसरी अतिरिक्त दाँतको साथ बाँचिरहेका छन्।

प्रकाशित: २०८० मङ्सिर १० गते आईतबार ०७:०९
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना