काठमाडौं- नेपाली कांग्रेसले सात वटै प्रदेशमा सम्मेलन आयोजना गर्ने भएको छ। देश संघीय संरचनामा गएपछि पहिलोपटक कांग्रेसले प्रदेश सम्मेलन गर्न लागेको हो।
लुम्बिनी प्रदेश कार्यसमितिले मंसिरको १६ र १७ सम्मेलन आयोजना गर्ने भएको छ। लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र बुटवलमा हुने सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।
सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्। १६ गते उद्घाटन र १७ गते बन्द सत्र हुने बताइएको छ। सम्मेलनमा लुम्बिनी प्रदेशका ५०० बढी प्रतिनिधि सहभागी हुनेछन् ।


