कास्की- प्रहरीले पोखराबाट जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ।
पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालकसहित १६ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सोमबार राति सञ्चालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङसहितलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको उक्त कार्यालयले जनाएको छ।


