काठमाडौँ- सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरुले संघीय गृहमन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका हुन् ।
मंगलबार दिउँसो सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उप-प्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख छ ।


