काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ। पार्टीमा दुई जना उपसभापति रहने व्यवस्था अनुसार रास्वपाले वाग्लेलाई उपसभापति बनाउन लागेको हो ।
पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् । अर्थविज्ञ समेत रहेका वाग्ले गएको चुनावमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । रास्वपाको महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार सभापति रबि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने घोषणा गरेका छन ।
पार्टी वरियतामा सभापतिपछि वाग्ले तेस्राे बरियतामा रहनेछन् ।


