२०८३ कार्तिक १५ गते शनिवार

रित्तिए त्रिविका विभाग, विरक्तिए प्राध्यापक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १३
tu (1)

काठमाडौँ- केही वर्षअघिसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतका प्रायः सबै विभागमा खचाखच विद्यार्थी हुन्थे। केही विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा छन्। विद्यार्थी अभावमा त्रिविमा प्राध्यापक भने विरक्तिन थालेका छन्।

बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन्। एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमा लेखे, ‘पढाउने पिरियडभरि विद्यार्थी पर्खी बसेँ, आएनन्। कसलाई, कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने!’

जनसंख्या विभागमा १२ जना विद्यार्थी भर्ना भएका छन्। तर विद्यार्थी कहिलेकाहीँ मात्रै कक्षामा आउने गरेका छन्। विभागको बेबसाइटका अनुसार त्यहाँ १२ जना अध्यापक छन्।

हिन्दी केन्द्रीय विभागको अवस्था पनि उस्तै दयनीय छ । ५ प्राध्यापक कार्यरत यस विभागभर जम्मा ६ जना विद्यार्थी भर्ना छन्। नियमित रूपमा कक्षामा जाने विद्यार्थी पाउन मुस्किल छ।

नेपाली विषयमा पनि विद्यार्थी कम भएपछि विभागले जुनसुकै विषमया स्नातक गरेका विद्यार्थीका लागि पनि स्नातकोत्तर तहमा भर्ना लिने व्यवस्था गरेको छ।

 नेपाली केन्द्रीय विभाग, मनोविज्ञान केन्द्रीय विभाग, भाषाविज्ञान केन्द्रीय विभागलगायतमा पनि नगण्य मात्रामा विद्यार्थीको भर्ना छ। नियमित रूपमा कक्षामा पुग्ने विद्यार्थीको हाहाकार छ।

बजारको माग अनुसार विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न नसक्दा नेपाली विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण ह्वात्तै घटेको छ। पछिल्लो समय नेपाली विद्यार्थीको लर्को विदेशी विश्वविद्यालयतर्फ भएपछि नेपालका विश्वविद्यालय प्रायः सबैले विद्यार्थी अभाव झेल्न थालेका छन्।

प्राध्यापक तथा प्रशासनिक कर्मचारीसमेत पर्याप्त रहे पनि विद्यार्थी नआएपछि विभागलाई कसरी अघि बढाउने भन्ने चिन्तामा विभागीय प्रमुखहरू छन्। विशेषगरी मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका केन्द्रीय विभागहरूले यस्तो समस्या झेल्दै आएका छन्।

यी विभागमा अहिले स्नातकोत्तर तह अन्तर्गत दोस्रो र चौथो सेमेस्टरको पढाइ भइरहेको छ। पहिलो सेमेस्टरका लागि भर्ना प्रक्रिया सुरु भएको छ। तैपनि विद्यार्थी आउने हुन् कि होइनन् भन्ने द्विविधामा विभागीय प्रमुख छन्।

विद्यार्थी पर्याप्त रहेको भनिएका विभागमध्ये पनि इतिहास केन्द्रीय विभागमा दोस्रो सेमेस्टरमा २२ जना तथा चौथो सेमेस्टरमा १५ जना मात्रै विद्यार्थी भर्ना भएका छन् ।

आकर्षक मानिएको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा पनि विद्यार्थी घट्ने क्रममै रहेको विभागका प्रमुख प्राध्यापक डा. सोमप्रसाद खतिवडाले बताए। उनका अनुसार यस विभागमा अहिले पहिलो र दोस्रो सेमेस्टरमा गरेर ५५ जना विद्यार्थी भर्ना भएका छन् तर हरेक वर्ष घट्ने क्रममा छ।

‘विश्वविद्यालयमा जताततै राजनीति बढेको छ । यी विद्यार्थी पनि हाम्रो आफ्नै बुताले तानेका हौँ,’ उनले भने, ‘विद्यार्थीको हितका लागि लडेको दाबी गर्ने विद्यार्थी सङ्गठन चन्दा माग्न मात्रै आउँछन् । बरु चन्दा दिएन भने पिट्न आउँछन् । विद्यार्थीको आकर्षण बढाउने कुरामा जिम्मेवार छैनन्।’

प्रकाशित: २०८० मङ्सिर १३ गते बुधबार ०७:०५
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना