२०८३ कार्तिक ११ गते मङ्गलबार

नेपालमा बसेर अमेरिकामा अनलाइन क्यासिनो खेलाए, एक वर्षमै दुई करोड ठगे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १३
IMG_4471 – Copy

काठमाडौं -​ अनलाइन क्यासिनो गेम खेलाएर करिब दुई करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने २६ वर्षीय आकाश रेग्मी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काँडाघारीबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले अनलाइन ग्याम्बलिङ तथा अनलाइन क्यासिनो गेमहरूमा बाजी राख्दा जितिन्छ भन्दै खेलाउने गरेको पाइएको छ।

हालसम्म उनले एक करोड ९५ लाख ९५ हजार ११७ रुपैयाँ ठगी गरेको पाइएको रेग्मीले बताए।

उनको साथबाट प्रहरीले म्याक बुक, राउटर, मोबाइल, हार्ड ड्राइभ, २ लाख २४ हजार रुपैयाँ, एयर युनिट तथा अमेरिकी डलर तीन सय बरामद भएको छ।

रेग्मीले म्याक बुक एयरमा होबिबी नामको गुगल सिटमा विभिन्न क्यास एप अकाउन्टहरूको महिनैपिच्छेको हिसाब राखेको देखिएको छ।

विभिन्न जिमेल आइडीहरूमा क्यास एप भेरिभिकेसन, जिमेलको इन्बक्समा म्यासेजहरू देखिएको छ।

उनको मोबाइलमा बेटिङको लोड तथा विथड्र सम्बन्धी च्याटहरू र क्यास एप भेरिफिकेसनको स्क्रिनसर्टहरू देखिएको छ।

रेग्मीले एक वर्षअगाडिदेखि अनलाइन क्यासिनो खेलाएको पाइएको छ। उनले जारी नोभेम्बर महिनासम्म गरेको कारोबारको विवरण प्रहरीले प्राप्त गरेको छ।

उनले अमेरिकामा बस्ने विदेशीहरूलाई क्यासिनो खेलाउने गरेका थिए। क्यासएपमा ब्यालेन्स लोड गर्न मिल्ने भएकाले उनले त्यहाँबाट रकम पाउँथे।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार एक पटकमा उक्त एप्सबाट पाँँच सय डलरको कारोबार नभई निकाल्न मिल्दैन।

‘जब पाँच सय डलरको कारोबार हुन्छ, उनले त्यसबापत् २० प्रतिशत रकम कमिशन पाउँथे,’ राठौरले भने, ‘गेम खेल्ने पनि विदेशी नै, क्यासएप पनि अमेरिकाकै कम्पनी हो।’

तर, उनले कमिशनबापतको रकम हुण्डीमार्फत् बुझ्थे। राष्ट्र बैंक ऐन अनुसार हुण्डी कारोबार गैरकानुनी हो। रकम प्राप्त गरेबापत् राजश्व प्राप्त नहुने भएकाले यसलाई गैरकानुनी मानिएको हो।

उनी क्यासिनो खेलाउने मुख्य एजेन्ट हुन्। रेग्मीले कार्यालय खोलेरै अनलाइन क्यासिनो खेलाएको पाइएको छ।

उनले एक जना म्यानेजर र केही कर्मचारी राखेका छन्। प्रहरीले म्यानेजर र कर्मचारीलाई खोजिरहेको हुनाले कार्यालयको ठेगाना गोप्य राखेको छ।

रेग्मीले चार वटा बैंक खाता खोलेको प्रहरीले पत्ता लगाएको छ। रेग्मीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित: २०८० मङ्सिर १३ गते बुधबार १०:२६
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना