कैलाली – कैलालीमा आफन्तको विवाहमा गएका एक युवकको हत्या भएको छ।
घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मंगलबार राति मृत्यु भएको हो।
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा गएका मोहनमाथि सात जनाको समूहले कुटपिट गरी हत्या गरेको हो।
कुटपिटमा संलग्न रहेको आरोपमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विवेकलगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अधिकारीको उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
