काठमाडौँ- पाटन दरबार क्षेत्रमा स्वतन्त्र युवाहरु र थिएटरका कलाकारले प्यालेस्टाइनको पक्षमा प्रदशन गरेका छन्। ‘गाजा मोनोलग’ नाम दिएको उक्त प्रदर्शनका सहभागीले प्यालेस्टाइनी स्वतन्त्रताको पक्षमा गीत बजाएका थिए।
प्यालेस्टाइनको पक्षको समर्थन गर्दै उनीहरू प्लेकार्ड प्रदर्शन गरेका थिए। प्यालेस्टाइनको गाजा क्षेत्रमा ४८ दिनसम्म इजरायलले आक्रमण गरेको थियो। यसअघि अक्टोबार ७ मा हमास समूहले इजरायली क्षेत्रमा गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो।
हमास आक्रमणमा परी १० नेपालीको पनि मृत्यु भएको छ। नेपाली नागरिक विपीन जोशीलाई हमासले बन्धक बनाएको विश्वास गरिएको छ।
इजरायलको आक्रमणमा परी गाजाका १४ हजारभन्दा बढी व्यक्ति मारिएका छन्। यसमा बालबालिका र महिलाको संख्या उल्लेख्य छ। शुक्रबारदेखि गाजामा युद्धविराम छ। सुरुमा ४ दिनका लागि भएको युद्धविराम थप २ दिन लम्ब्याइएको छ।
तस्बिरहरू













