काठमाडौँ- नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्पयात्रा’ सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
दार्चुलाको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्पयात्राको उद्घाटन गर्नेछन्। यसपछि यो यात्रा पाँचथरको चिवाभञ्ज्याङसम्म आइपुग्नेछ। यो यात्राको दूरी झन्डै २ हजार किलोमिटर हुने बताइएको छ।
नागरिक र पार्टीबीच सम्बन्ध विस्तार गर्न यात्रा गर्न लागिएको यात्रालाई ओलीले नेतृत्व गर्ने एमालेको भनाइ छ। अभियानमा एमालेले नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ।
अभियानमा अन्तर्क्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई प्राथमिकताका दिने एमालेको भनाइ छ।
सभामा अध्यक्ष ओली र स्थानीय नेताले बोल्नेछन्। कम्तीमा एउटा जिल्लामा एउटा सभा गर्ने एमालेको तयारी छ।


