गाजा- इजरायल र हमास गाजामा जारी युद्धविराम थप एक दिन लम्ब्याउन सहमत भएका छन्। इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै’ हमाससँगको युद्धविराम कायम रहने बताइएको छ।
दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो। तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १/१ दिन थप गर्दै लगिएको छ।
यसबीच इजरायलले आफ्ना जेलमा रहेका प्यालेस्टिनी बन्दीलाई तथा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकलाई रिहा गरिरहेका छन्।
हालसम्म हमासले ९७ बन्धकलाई रिहा गरेको छ भने इजरायली पक्षले १८० जना प्यालेस्टाइनी बन्दीलाई रिहा गरेको छ।
नेपालबा विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको विश्वास गरिएको छ। अक्टोबर ७ पछि उनको अवस्था अज्ञात छ।
