काठमाडौं– नेपाली कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको छ। पार्टीको निर्णय अनुसार ५ वटा प्रदेशले सम्मेलन हुने मिति पनि तोकेका छन्।
पछिल्लो पटक गण्डकी प्रदेशले सम्मेलन हुने मिति तोकिएको हो।
गण्डकी प्रदेशले पुस ३ र ४ गते सम्मेलन गर्नेछ। पोखरा सभागृहमा हुने सम्मेलनमा ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेशले जानकारी दिएको छ।
कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते र लुम्बिनीको मंसिर १६ र १७ गतेका लागि तय भएको नेपाली कांग्रेसले जनाएको छ।
कर्णाली र सुदूरपश्चिमको सम्मेलन हुने मिति भने तय भएको छैन।


