काठमाडौँ- नेपाली काग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले कांग्रेसले पनि महिलालाई भोट मात्रै हाल्ने सदस्यका रूपमा लिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
पार्टीको महासमिति बैठकमा पदाधिकारीमा महिलाको संख्या वृद्धि गर्नुपर्ने विषय उठाउने बताएकी उनले पदाधिकारीमा महिलालाई उचित स्थान नदिइएको भन्दै रोष प्रकट गरिन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्रीमा मात्र महिला आरक्षण रहेको भन्दै उपसभापति, महामन्त्रीमा पनि आरक्षण गरिनुपर्ने उल्लेख गरिन्।
‘खाली किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन? अरु पोस्टमा पनि महिला हुन सक्छ नि! अहिले विभागहरु बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ,’ उनले शृंखलाबद्ध रुपमा प्रश्न गरिन्, ‘खाली मेम्बर मात्रै हुने? हामी भोट मात्रै हाल्ने हो? हाम्रो आवाज सुन्नु परेन?’


