काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य किशोरकुमार कार्की राप्रपा प्रवेश गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार कार्कीलाई पार्टीमा प्रवेश गराएका हुन्।
धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा अध्यक्ष लिङ्देनले कार्कीलाई सदस्यता दिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
कार्की लामो समय नेकपा एमालेमा थिए। उनी धरानबाट प्रकाशित ब्यालष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक हुन्।


