काठमाडौँ – प्रेस काउन्सिल नेपालले थप १८ वटा युट्युब च्यानललाई कारवाहीका लागि सिफारिस गरेको छ। दर्ता तथा सूचीकृत नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै १८ युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको हो।
प्रेस काउन्सिलले निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।
मिडिया अन्तर्गत आबद्ध नभएका युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरो मा पत्राचार गरिएको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




