काठमाडौँ- चिनियाँ कम्पनी रियलमीले फोल्ड गर्न मिल्ने फोन ल्याउने भएको छ। रियलमीका उपाध्यक्ष माधव सेठले ट्विटरमा यसको संकेत गरेका हुन्।
ट्विटमा ”तपाईं अर्को के चाहनुहुन्छ… रियलमी फ्लिप वा रियलमी फोल्ड” भन्दै उनले प्रयोगकर्ताबाट प्रतिक्रिया मागेका छन्। सेठले अन्य विवरण नखुलाए पनि कम्पनी फोल्डेबल फोन ल्याउन अग्रसर भएको बुझ्न सकिन्छ।
यसअघि पनि कम्पनीको फोल्डेबल फोनको स्केच बाहिरिएको थियो। तर कम्पनीले थप जानकारी भने दिएको थिएन।
सन् २०२३ भित्र रियलमीकाे फोल्ड वा फ्लिप वा दुवै डिजाइनका फोन उपलब्ध हुनसक्ने अनुमान गरिएको छ।
