काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई ‘मिसन ८४’ भनेको के हो भन्ने प्रश्न गरेका छन्।
अछाम कांग्रेसले सोमबार गरेको कार्यक्रममा बोल्दै शर्माले ०८४ मा चुनाव हुने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए।
‘दुई-तीन दिनअघि तपाईंहरूको जिल्लामा मेरो जिल्लावासी, बडेबडे झापाली आउनुभएको थियो। तपाईंहरूलाई रमाइलो भयो कि नरमाइलो थाहा भएन। आज फेरि अर्को झापाली तपाईंहरूको जिल्लामा आएर उभिएको छ। बडेबडे झापालीको मूल लक्ष्य मिसन 0८४ भन्नुभएको छ,’ ओलीलक्षित गर्दै शर्माले भने, ‘एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसदमा उभिएको छ, राम्रै भूमिका खेलेको छ। उसले पनि मिसन ८४ भन्दैछ। मिसन ८४ भनेको के हो?’
०८४ सालमा चुनाव हुने शर्माको भनाइ छ।


