राजविराज- लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राजविराज जेसिजले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। अभियानको १०औँ दिनमा राजविराज जेसिसले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।
कलेजस्तरका विद्यार्थीहरूलाई लैङ्गिक हिंसा अन्त्यका लागि युवा र विद्यार्थीको भूमिकाका विषयमा प्रशिक्षण दिइएको राजविराज जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी विक्रम काबराले जानकारी दिए।
छिन्नमस्ता गापाका अध्यक्ष विद्यानन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा क्याम्पसका क्याम्पसप्रमुख राजिवकुमार मिश्र थिए।
कार्यक्रममा राजविराज जेसिजका पदाधिकारी तथा सदस्यहरु र पूर्वअध्यक्षहरु तथा क्याम्पसका युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख राम आशिष यादब, स्ववियु अध्यक्ष रञ्जित यादव, एकल महिला समूहकी गिता पाण्डे, सामुदायिक सेवा केन्द्रका भोलानाथ चौधरी, शिक्षक नन्दकिशोर यादव, पूर्व सहायक क्याम्पस प्रमुख शिव नारायण यादव, अतिथि तथा प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक सरोज खनाल, मानव अधिकारकर्मी तथा राजबिराज जेसिजका पुर्व अध्यक्ष जेसी मनोहर पोखरेललगायत सहभागी थिए। यस्तै राजविराज जेसीज वर्ष २०२३ का उपाध्यक्षहरु जेसी रिया राय, जेसी किरण कुमार साह, सचिव रन्जना चौधरीसमेत उपस्थिति रहेको कार्यक्रम राजविराज जेसिजका महासचिव जेसी रवि रायले गरेका थिए।


