काठमाडौँ – सुन, चाँदी र श्रोत नखुलेको रकमसहित प्रहरीले १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार राती इलाका प्रहरी कार्यालय बनेपाले बिल नभएको सुन, चाँदी र श्रोत नखुलेको रकमसहित ३९ वर्षका सचिन विभुतेलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विभुते भारतको महाराष्ट्र घर भई हाल बनेमा नगरपालिका ७ बिकुटोलमा बस्दै आएका थिए। उनको साथबाट बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, श्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र बाइस हजार भारतीय रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
उनका बारेमा थप अनुसन्धान भइरहेको कोभ्रे प्रहरीले जनाएको छ।


