काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले ५ कम्पनीलाई कालोसूचीमा राखेको छ।
कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद काममा भाग लिन पाउने छैनन्।
कार्यालयका अनुसार १ कम्पनी ३ वर्षसम्मका लागि, अर्को १ कम्पनी २ वर्षसम्म र बाँकी ३ कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ।
तीन वर्षसम्म कालोसूचीमा पर्नेमा भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाई जेभी पुतलीसडक रहेको छ। यसैगरी मैनाचुली-सिद्धिसाई जेभी नयाँबानेश्वर दुई वर्षसम्म कालोसूचीमा परेको छ ।
शेर्पा-हेना-सुनामी जेभी विदुर–७ नुवाकोट, कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र इजोन निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेको कार्यालयले जनाएको छ।

