काठमाडौँ- नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले एनसेलविरुद्ध प्रदर्शन गरेको छ।
एनसेलमा रहेको मलेसियाली कम्पनी आजियाटाको सेयर किनबेच अपारदर्शी भएको र राजस्व ठगीका लागि चलखेल गरिएको आरोप लगाउँदै अनेरास्ववियुले प्रदर्शन गरेको हो।
एनसेल कार्यालय अगाडि पुगेर एमाले विद्यार्थीहरूले विरोध प्रदर्शन गरेको थिए।
एनसेलको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, एनसेललाई बहिष्कार गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।









