काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसँग जानकारी लिएका छन्।
बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र पुगेर प्रधानमन्त्रीले गृहमन्त्रीको स्वास्थ्य बारे जानकारी लिएका हुन्।
छातीमा असहज भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति नै अस्पताल पुर्याइएको थियो। प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगेका हुन्।
हृदय रोग केन्द्रको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। श्रेष्ठको अवस्था सामान्य बन्दै गएको उनको सचिवालयले जनाएको छ।
