२०८३ कार्तिक १५ गते शनिवार

म टुहुरो भएँ : १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर

 |  वासुदेव पौडेल/तोलाकान्त बगाले
Sanket

वासुदेव पौडेल/तोलाकान्त बगाले

पोखरा, मङ्सिर २०
tuhuro

पोखरा- ‘म टुहुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर’, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं युएनडिपी संसद सहयोग परियोजनाको सहयोगमा वालिङको पेखुमा गरिएको नागरिक सुनुवाइ कार्यक्रममा अर्यालले पछिल्लो समयमा १२ कक्षा पास भएपछि युवा स्वदेशमा बस्ने मनस्थितिमा नहुनु गम्भीर चुनौतीको विषय भएको बताए।

उनी जस्तै पेखुका सर्वसाधारण सहभागी उक्त सुनुवाइमा जनताका गुनासा सुन्न प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल र प्रदेशसभा सदस्य कल्पना तिवारी उपस्थित थिए।

जनताले राज्यलाई यथेष्ट कर तिरे पनि त्यसअनुरुप सेवासुविधा नपाउने गरिएको उल्लेख गर्दै उनले सानोतिनो जागिर यहीँ खाउँभन्दा पनि वातावरण नभएपछि युवा पलायन रोक्न नसकिएको दुःखेसो गरे।

गाउँ गाउँमा बाटो पानीलगायत धेरै समस्या भए पनि त्यसको समाधान नहुँदा बस्ती दिनानुदिन उजाड बन्दै गएको उनको भनाइ छ। वर्षौंदेखि सुरु गरिएका बाटो अहिले पनि राम्रो बन्न नसकेको प्रति उनले प्रश्न गरे।

वालिङ-१४ देउरालीकी उषाकुमारी सार्की नागरिक सुनुवाइमा आफ्ना कुरा राख्ने भनेर आधा मेलो छाडेर आएका थिए। गाउँमा आफूले जिताएर पठाएका नेता आउने र त्यहाँ आफ्ना पीरमर्का, गुनासा सुनाउन र्पाने भन्ने थाहा पाएपछि उषाजस्तै गाउँघरबाट अन्य बासिन्दा पनि मेलापात र घरको काम छाडेर सुनुवाइमा उपस्थित थिए।

आफूहरू बाटो र पानीका कारण लामो समयदेखि समस्यामा परिरहेको बताउँदै उनले राजनीतिक दलका नेताहरूबाट पटकपटक आश्वासन पाउने गरे पनि समस्या ज्यूकात्यूँ रहेको सुनाए। समस्या सुनाउन पाउने सभा तथा बैठकमा घरका काम नै छाडेर आई आफूले सुनाउने गरेको उनले बताए। ‘अब कुरा होइन बाटो र पानी दिनूस्’, उनले भने।

उनका अनुसार १४ घर दलित समुदाय बस्दै आएको देउरालीमा अझै मोटर बाटो पुगेको छैन। साथै वर्षौंदेखि खानेपानीको अभावमा दैनिकी कष्टकर बनेको छ। ‘हामी काम गरेर खाने सोझा र सिधा गाउँले हौँ, आज पनि काम गर्दा गर्दै मेलो छाडेर आएका छौँ, आजको दिनको रु चार सय गुम्यो’, उनले भने, ‘हजुरहरुले हाम्रा समस्या बुझेर समाधान गर्न सक्नुहुन्छ भने गर्दिनुस्, नत्र भने हामीलाई झुक्याउन नआउनूस्।’

उषा कुमारीले गाउँमा खानेपानी छैन, कहाँ डुबिल्को (पानीको कुवा) छ भनेर खोज्दै हिँड्नुपर्छ भन्दै गर्दा उपस्थित सर्वसाधारणले होस्टेमा हैँसे मिलाए। यो समस्या उषाको मात्रै नभई गाउँले सबैको थियो। उनले आफ्नो दुःख पीडा सुनाउँदा त्यो सबैको सामूहिक विषय बन्यो।

उषा कुमारी जस्तै अर्की स्थानीय गोमा श्रेष्ठले पनि वालिङदेखि शिरकोटसम्मको बाटोको निर्माण कार्यलाई चाँडो सकेर गाउँमा भएको पानीको विकराल समस्या यथासक्य चाँडो समाधान गर्न प्रदेशसभा सदस्यहरूको ध्यानाकर्षण गराए।

जनताले अब कुरामा नभई काममा मात्रै विश्वास गर्ने अवस्थामा पुगेको बताउने अर्की स्थानीय जौमाया पौडेलले भनिन्, ‘सधैँ बन्छ र हुन्छ मात्रै सुनियो, तर काम भएन, अब गर्न सक्नुहुन्छ गरिदिनोस् नभए आशा नदेखाउनुहोस्।’

अर्का स्थानीय मेघनाथ पौडेलले गाउँलाई मानिसले माया मान्न छाडेको जिकिर गरे। विकास गर्दा गाउँलेलाई माया मान्ने र गाउँलेले पनि गाउँलाई माया मान्ने वातावरण नबन्दासम्म नेपालको विकास हुने अवस्था नदेखेको उनले बताए। आफूले लामो समय यही क्षेत्रमा कृषि पेसा गरेर बिताएको उनले अनुभव सुनाए।

गाउँमा युवा रहने गरी युवा लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, ‘मैले ३०/४० वर्षको युवालाई विदेश नजा यहीँ बस भनेर धेरै बोलेँ, कतिलाई रोकेर राखियो, तर आज ३५ वर्षको युवालाई गाउँमा देखेँ एक मिनेट पनि गाउँमा नबस् भन्न थालेको छु, भनेर केही अर्थै भएन।’

गाउँका विद्यालय, स्वास्थ्य चौकीलगायत अत्यावश्यकीय पूर्वाधारलाई गुणस्तरीय एवं सुविधासम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए। वर्षौंदेखि खनिएको गोरेटो अहिले पनि जस्ताको त्यस्तै रहँदा जनतामा निराशा छाएको उनले बताए।।

नागरिक सुनुवाइमा स्थानीय सुरज श्रेष्ठ, विष्णु खवास, खगेन्द्र कुँवर, इन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र खाण, कृष्ण डुम्रेलगायतले वर्षौदेखि बन्न नसकेको बाटोकै कारण गत स्थानीय निर्वाचनमा भएको अकल्पनीय दुर्घटना र त्यसबाट सिर्जित समस्याका विषयमा ध्यानकर्षण गराएका थिए।

वालिङ-१४ का वडाध्यक्ष बोधराज कुँवरले वडास्तरबाट हुने र गर्न सकिने कामका लागि आउने जोकोहीलाई खाली नफर्काएको बताए। खानेपानी तथा सडकका सम्बन्धमा सकिने काम वडाबाटै र नसकिने कामका लागि प्रदेश तथा सङ्घ सरकारसँग पुगिएको उनको भनाइ छ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति अर्यालले २०५४ सालमा आफू स्वयं स्थानीय तहको नेतृत्वमा हुँदा खनिएको बाटो हालसम्म पनि राम्रो बन्न नसक्नुले प्रश्न खडा गरेको बताउँदै प्रदेशसभाको यस कार्याकालयमा बाटो सम्पन्न गर्नेगरी सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदेशसभा सदस्य कल्पना तिवारीले नागरिक सुनावाइका क्रममा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा उठेका समस्याको समाधान गर्नेतर्फ लाग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २०८० मङ्सिर २० गते बुधबार ०५:२०
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना