काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल प्रकरणका दोषीलाई तत्काल कारवाही गर्न आग्रह गरेका छन्। पत्रकारसँगको कुराकानीमा उनले सर्वदलीय बैठक बस्ने कि कर छल्ने मान्छेलाई समाउने ? भनेर प्रतिप्रश्न गरेका छन्।
उनले समिति गठनको आवश्यकता नै नरहेको तर्क गर्दै सभापति लामिछानेले अर्थमन्त्रीको अभिव्यक्ति लज्जास्पद र हास्यास्पद भएको बताएका छन्।
अर्थमन्त्रीको अभिव्यक्तिले यो मुलुकमा जे गरे पनि हुन्छ भन्ने स्थापित गर्न खोजिएको सभापति लामिछानेले बताएका छन्।


