काठमाडौँ– सुर्खेतको एक स–मिलमा आगलागी भएको छ। सुर्खेतको वीरेन्द्रनगर–७, ईत्रामखोला स्थित शिवसुन्दर स–मिलमा आगलागी भएको सुर्खेत प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार क्षतिको विवरण आउन बाँकी छ। अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। बिहान ५ः३० बजे विद्युतको तार सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाइ छ।
देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू रहेका थिए। उक्त मेसिनहरू ध्वस्त भएको छन्।


