काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक लाउबाचर बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेकी थिइन्।
भेटवार्तामा द्विपक्षीय सहकार्य थप बढाउने र दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बुधबार काठमाडौँ पुगेकी लाउबाचरले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीसँग भेटवार्ता गरेकी थिइन्।


