काठमाडौँ- शुक्रबार ३ वटा संसदीय समितिको बैठक बस्दै छ। बिहान १० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने छ।
विधायन व्यवस्थापन समितिको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल गर्ने छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने छ भने दिउसो २ बजे संसदीय सुनवाई समितिको बैठक बस्ने छ।
संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित राजदूतको सुनवाई हुने संसद् सचिवालयले जनाएको छ।


