२०८३ कार्तिक १३ गते बिहिबार

गाउँमा सर्दैछ विकास, सहरमा सर्दैछन् मान्छे

 |  रासस
Sanket

रासस

दाङ, मङ्सिर २२
gau

दाङ- घोराही उपमहानगरपालिका–९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। सामान्य हिँडडुल गर्नसक्ने उनलाई घरको आँगन पनि परदेश हुन थालेको छ। दिनभरि घरमा एक्लै बस्दा दिन काट्न मुस्किल हुने गरेको र दुःख, सुखका कुरा गर्ने छरछिमेकीका घर सुनसान बन्दै गएका छन्।

छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेकाले सुमित्राले एक्लो महसुस गरेकी छन्।  अब गाउँमा मान्छे नै नहुने हो की भन्ने चिन्ता उनलाई छ। अहिले दिनप्रति दिन गाउँ छोड्नेको सख्या बढ्दो छ। आफू सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँबाट बसाइँ सरेका छन्। पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीयवासी दुःख गरेर पनि गाउँमै बस्थे।

अहिले गाउँका टोल–टोलमा विकास पुगे पनि मान्छे भने छैनन्। गाउँका घर रित्तिएर सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन झाडीले ढाकिन थालेका छन्। दशक अगाडिसम्म निकै रमाइलो रहेका गाउँ अहिले बसाइँसराइका कारण चहलपहल हुनै छोडेको छ। पहिले गाउँमा बिजुली, पानी बाटोघाटोको सुविधा थिएन। अहिले घरघरमा पानीका धारा छन् आँगनीको बाटो कालोपत्रे गरेर चिल्लो भएका छन्। गाउँमा अहिले विकासले गति लिँदै गएको छ तर उपभोग गर्ने स्थानीय बासिन्दा भने थप सेवा सुविधा खोज्दै गाउँ छोडेर सहर पसेका छन्।

गाउँमा एकै परिवारले प्रसस्त गाईबस्तु पाले खेती किसानी गर्ने गर्थे। आवश्यक सामान लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटेको छ। तीन पाङ्ग्रे अटोरिक्सा गाउँका घरघरमा पुग्ने गरेपनि स्थानीयवासी महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको सुमित्रा बताउछिन्। उनी भन्छिन्, ‘हाम्रा पालामा अहिलेको जस्तो खानेपानी, विद्युत् र यातायातको सहज पहुँच नभए पनि गाउँमा मान्छेको बसाइ बाक्लो थियो । अहिले सुविधा भएर पनि बसाइसराइ गर्नेक्रम बढेको छ।’

स्थानीय ६८ वर्षीय पूर्णबहादुर बस्नेत सुविधा खोज्नका लागि युवा सहर पसेपछि परिवार पनि उतै लैजाने गरेको बताउछन्। विदेशमा रोजगारमा रहेका अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै बसाइ सर्ने गरेका हुन्। पछिल्लो दस वर्षमा यहाँका अधिकांश गाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको उनी बताउछन्। बस्नेत भन्छन्, ‘पहिले युवा गाउँमा खेतीपाती र गाउँमै कामधन्दा गर्ने गर्थे, पछिल्लो समय विदेश जान थाले, पैसा कमाउन थाले त्यसलेगर्दा उनीहरुलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, कमाएको पैसाले बजारमै घर बनाएर बस्न थाले त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्।’

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी नागरिकको मागलाई मध्यनजर गरी सडक निमार्णका लागि महत्व दिएको बताउँछन्। सडक सञ्जाल नपुगेको स्थानमा नयाँ ट्रयाक खोल्नेदेखि कालोपत्र गरेर सडक सुविधा पुराउने काम गरिएको छ। सडकसँग मानिसको जीवनशैली पनि जोडिएको छ । सडकको पहुँच भएका ठाउँका मानिसको बसाइँसराइ बढेको पनि छ। यसरी जिल्ला बाहिर र भित्रबाट पनि सुविधा भएका ठाउँमा बसाइँसराइ गर्ने क्रम बढेको उहाँ उल्लेख गर्नुहुन्छ। ‘जनताको माग पनि सडकको विकासमै हुने गरेको र उपमहानगरपालिकाले पनि सडकको स्तरोन्नतिमै जोड दिइरहेको छ,’ नगरप्रमुख चौधरी भन्छन्, ‘सडकले गाउँको विकास र अर्थतन्त्रमा टेवा पुगेको छ। सडकले गाउँ र सहरलाई जोडेको छ ।’

राष्ट्रिय जनगणना–२०७८ अनुसार दाङ जिल्लाको जनसङ्ख्या ६ लाख ७४ हजार नौ सय ९३ छ । यसमा ५२ दशमलव ४० प्रतिशत अर्थात् तीन लाख ५४ हजार तीन सय ७६ महिला र ४७ दशमलव ५९ प्रतिशत अर्थात् तीन लाख २१ हजार नौ सय एक पुरुष छन् । कूल जनसङ्ख्यामध्ये एक लाख २७ हजार नौ सय ७३ जना अन्य जिल्लाबाट बसाइँसराइ गरी आएका हुन् । यसैगरी ६४ हजार तीन सय ७५ जना जिल्लाभित्रै एक पालिकाबाट अर्काे पालिकामा बसाइँसराइ गरेका छन् । यो जिल्लाको कूल जनसङ्ख्याको नौ दशमलव पाँच प्रतिशत हो ।

प्रकाशित: २०८० मङ्सिर २२ गते शुक्रबार ०१:५०
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना