काठमाडौँ- काठमाडौँ उपत्यकामा बस्नेहरूका लागि छोटो भ्रमणका लागि थुप्रै विकल्प छन्। तीनचार दिन समय छुट्याउन सक्नेहरूका लागि पूर्वी पहाडको इलाम उत्कृष्ट गन्त्व्य हो। यातायात र आवासको सुविधा भएको इलाम पुग्ने मुख्य मार्ग मेची राजमार्ग हो।
पूर्वपश्चिम राजमार्गको प्रारम्भबिन्दु काँकरभिट्टाबाट १२ किमि पश्चिममा रहेको चारआलीबाट ३६ किमीमा कन्याम पुग्न सकिन्छ। कन्याम चिया बगान मोहक छ।
इलामको पुरानो बजार फिक्कलमाथिको डाँडाबाट वरिपरि हेरेर नै इलामका धेरै कुरा देखिन्छन्। यहाँबाट देखिने अधिकांश चियाबारी निजी हुन्। इलाममा चिया फ्याक्ट्री र चीज फ्याक्ट्री छन्। चिया फ्याक्ट्री र छुर्पी उद्योगले पनि धेरैलाई रोजगारी दिएको छ।
आवासका लागि होटल र लजहरू छन् र नजिकका गाउँहरूमा होमस्टेहरू पनि छन्। फिक्कलमा छुर्पी, बम्बइसन, ललीपप, घिउ, अकबरेलगायत पर्यटकले चाहेअनुसारका स्थानीय उत्पादन पाइन्छन्।
इलामबजार, माइपोखरी, सन्दकपुर, जमुना, जौबारी, चोयाटार, रक्से र राँके इलाम घुम्न जानेहरू पुग्ने स्थान हुन्। राँकेबाट रवि हुँदै दमक निस्कन सकिने सडक पनि छ।
सूर्योदय अवलोकनमा प्रसिद्ध इलामको अन्तुडाँडा जाने बाटो पनि फिक्कलनजिकै छिपिटारबाट छुट्टिन्छ। त्यहाँबाट करिब १३ किलोमिटर यात्रा गरेर पुगिन्छ अन्तुडाँडा। अन्तुतिर नलागी अगाडि बढे फिक्कल पुगिन्छ । फिक्कलबाट ११ किलोमिटर पूर्वमा पशुपतिनगर छ। नेपालभारत सिमानाको यो बजार इलामको प्रगतिको मूल ढोका पनि हो।
नेपाली व्यवसायीले गरेको अर्बौं लगानीको प्रतिफल स्वरुप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ। यसबाट अवसर र सम्भावना पनि उसैगरी झाँगिँदैछन्। हरियो चियाको गुणस्तर बढाउन किसान लागिपरेका छन्। अझ नेपाल मात्र नभई युरोप, अमेरिकालगायतका दर्जनौँ बजारमा खोजी–खोजी बिक्री हुने कृषिउपज तयार गर्न यहाँका किसान–उद्योगीको संघर्ष धेरैका लागि अनुकरणीय बन्नसक्छ। यो वास्तविकता प्रत्यक्ष हेर्न जो–कोही इलाम पुग्नै पर्छ।

कन्याम, इलाम। तस्बिर : नेपाल फोटो लाइब्रेरी