काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा सजाएर राखिएका प्लास्टिकको क्रिसमस ट्री हटाएको छ।
प्लास्टिकबाट बनेका फूलका माला, रुखलगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीतिअनुसार शनिबार महानगर प्रहरी बलले प्लास्टिकका क्रिसमस ट्री हटाएको महानगर प्रहरीका सई राजेन्द्र गजुरेलले जानकारी दिए।
महानगरपालिका भित्रका अन्य स्थानहरूमा त्यस्ता सामग्री राखिएकोबारे बुझ्नका लागि नगर प्रहरीले अनुगमनको काम पनि गरिरहेको उनले बताए।
शुक्रबार महानगर प्रहरीले अनामनगर भाटभटेनी सुपरमार्केट, सिटी सेन्टरलगायतका सपिङ मलमा राखिएका प्लास्टिकका रुख हटाएको थियो।
महानगरपालिकाले गएको तिहारमा पनि प्लास्टिकबाट बनेका फूलका माला बिक्री वितरणमा रोक लगाएको थियो।


