काठमाडौँ- नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः प्रकाशन सुरु भएको छ। आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘नेपाल पुकार’ त्रैमासिकको पहिलो अंक लोकार्पण गरेका हुन्।
१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्व महोत्सव विषेश रहेको छ। २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो।
आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिक कुशासनका कारण आक्रान्त भएको बताए।
एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए। कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना आइरहेको कारण खोजी गर्नुपर्ने बताए।


