काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पक्षका नेताहरूको भेला बोलाएका छन्।
मंगलबार (मंसिर २६ गते) दिउँसोका लागि कोइरालाले नेताहरूलाई बोलाएका हुन्।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार मंगलबार दिउँसो एक बजे बैठक बस्नेत बताइएको छ। उनले स्थानका भने तय भई नसकेको बताए।
थपलियाका अनुसार बैठकमा आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभापतिलगायतलाई बोलाइएको छ।
