२०८३ कार्तिक २२ गते शनिवार

पोखरामा ऋग्वेद मन्थन, ३५ कार्यपत्र प्रस्तुत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २४
rigved

गण्डकी- नेपाललगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे पोखरामा मन्थन गरेका छन्। मुक्त फाउन्डेसन आयोजनामा दुई दिनसम्म चलेको प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनमा वैदिक ज्ञान र आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरुबाट ३५ कार्यपत्र प्रस्तुत गरिएको थियो।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा ऋषिराम रेग्मी, पूर्वीय तथा पाश्चत्य साहित्य र दर्शनका ज्ञाता प्रा डा कृष्णचन्द्र रेग्मी, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्रमुख मानवशास्त्री प्रा डा विनोद पोखरेललगायतले ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयामबारे विद्धत प्रवचन दिएको फाउन्डेसनका अध्यक्ष दामोदर त्रिपाठीले जानकारी दिए।

उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, जापान, स्वीडेन, नेदरल्यान्ड्स, अमेरिका, क्यानडा र रसियाका विज्ञहरुले ऋग्वेद, हिमाली समाज र संस्कृतिबारे प्रत्यक्ष तथा अनलाइन माध्यमबाट कार्यपत्र प्रस्तुत गरेको उनले बताए।

‘सबैभन्दा पुरानो लिखित ग्रन्थ ऋग्वेदमा केन्द्रित भएर पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन पोखरामा सम्पन्न भएको छ,’ फाउन्डेसनका अध्यक्ष त्रिपाठीले भने, ‘ऋग्वेदको अध्ययन गर्नु कुनै कर्मकाण्ड वा देवी देउताको पूजाअर्जनाभन्दा बढी समग्र प्रकृतिको अस्तित्वलाई स्वीकार गर्नु र मानव कल्याणको लागि त्यसको उचित उपयोग गर्नु हो भन्नेमा विद्धानहरुको बहस र मन्थन केन्द्रित रह्यो।’

ऋग्वेदको मूल ध्येय प्राकृतिक शक्तिको उपासना र मानवताको रक्षा हो भनी विज्ञहरुले आफ्नो कार्यपत्रको सारमा औँल्याएको अध्यक्ष त्रिपाठीले बताए। हिमालय क्षेत्रमा लेखिएको ऋग्वेद वैदिक सनातन धर्मग्रन्थ मात्र नभएर आधुनिक समाज विज्ञानका लागिसमेत महत्त्वपूर्ण ज्ञानको भण्डार रहेकामा सम्मेलनमा एकमत देखिएको उनले उल्लेख गरे।

वर्तमान विश्वमा बढिरहेको प्राकृतिक विनाश र मानव जातिबीचको द्वन्द्वलाई ऋग्वैदिक मान्यताको जगमा समाधान गर्न सकिनेमा विज्ञहरुबीच बहस भएको अध्यक्ष त्रिपाठीले बताए। नेपालका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा ऋग्वेदको अध्ययन, अध्यापन र अनुसन्धानमासमेत आवश्यक सहकार्य र समन्वय गर्न सम्मेलनबाट टेवा पुगेको उनको भनाइ छ।

सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई सार्वजनिक रुपमा प्रकाशन गरिने र त्यसमाथि थप विवेचना हुँदै जाने फाउन्डेसनले जनाएको छ। वेद र शास्त्रहरुमाथि पनि बौद्धिक बहस र छलफल हुन आवश्यक रहेको भन्दै ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन सोही अवधारणामा टेकेर आयोजना गरिएको अध्यक्ष त्रिपाठीले बताए।

सम्मेलनमा नेपालको हिमाली सभ्यता, पर्यावरण र संस्कृतिबीचको अन्तर सम्बन्ध तथा यिनमा आधारित वैदिक ज्ञानमाथि मन्थन गरिएको उनको भनाइ छ। फाउन्डेसनले गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभाग, त्रि–चन्द्र क्याम्पस, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायतका सङ्घसंस्थासँगको समन्वयमा सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा देशविदेशका विभिन्न विश्वविद्यालय प्राध्यापक तथा विद्यार्थी, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय संस्थामा आबद्ध झण्डै दुई सय व्यक्तिहरुको सहभागिता रहेको थियो। सो अवसरमा पञ्चासे क्षेत्रमा बस्दै आउनुभएका वैदिक साधक क्यानेडेली नागरिक ग्यारी मिलर, सङ्घर्षशील महिला गोमा पराजुली, सफल युवा व्यवसायी देवेन्द्र केसीलाई सम्मान गरिएको थियो।

प्रकाशित: २०८० मङ्सिर २४ गते आईतबार ०८:४१
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

‘महिनौँ बितिसक्यो, ग्यास पाएको छैन’

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना