विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ। प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत ‘पहिचान पक्षधरले मुख्यमन्त्री कार्कीको गाडीमाथि झापामा आक्रमण गरेका हुन्।
झापामा कार्यक्रममा सहभागी हुन जाने क्रममा झापाको दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो। ढुङ्गा प्रहारबाट मुख्यमन्त्री कार्कीको गाडीको सिसा चर्किएको छ। कार्की सकुशल छन्।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोज लामाले आक्रमणमा संलग्नहरुको खोजी भइरहेको बताएका छन्।
सुरुमा कार्की सवार गाडी अगाडि आएर केही युवाले कालो झण्डा देखाएका थिए। त्यसक्रममा गाडीको गति कम भएको र गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।


