काठमाडौँ – लोक सेवा आयोगले २७३ कर्मचारी माग गरेको छ । राजपत्रांकित तृतीय श्रेणीको पदका लागि कर्मचारी माग गरेको हो।
बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतिबाट पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन माग गरेको छ।
आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षण तर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो।
दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।
इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस १७ सम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ। उम्मेदवारहरूले आयोगको वेबसाइटबाट दरखास्त दिन सक्नेछन्।
दरखास्त दस्तुर १ हजार २ सय र समावेशी समूहको थप ४ सय निर्धारण गरिएको छ।





