काठमाडौँ- नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठक आज बस्दै छ। संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला बैठक बोलाएका हुन्। बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ।
नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो।
बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ।
