काठमाडौँ- गत अक्टोबर ७ यता इजारायल र हमासबीच जारी युद्ध रोक्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपालसहित १५३ मुलुक उभिएका छन्। मंगलबार राष्ट्रसंघको आपत्कालीन सभामा गरिएको प्रस्तावको पक्षमा नेपाल, भारत, चीनलगायत १५३ मुलुक पक्षमा तत्काल युद्धविराम गर्ने उभिएका हुन्। बहुमत देशले पक्षमा मतदान गरेपछि गजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसंघको प्रस्ताव पारित भएको भएको छ।
उक्त प्रस्तावमा संयुक्त राज्य अमेरिकासहित १० देशले विपक्षमा मतदान गरेका थिए। बेलायत, युक्रेनलगायत २३ तटस्थ बसे।
एकसाता अघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युएइले गरेको गजामा युद्धविराम गर्ने प्रस्तावको पक्षमा १५ मध्य १३ देशले मतदान गरेपनि संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरी निष्प्रभावी तुल्याएको थियो। अक्टोबर ७ को आक्रमणलाई संयुक्त राष्ट्रसंघले निन्दा नगरेको भन्दै अमेरिकाले लगातार युद्धविरामको विपक्षमा मतदान गर्दै आइरहेको छ।
ठूलो संख्यामा नागरिकहरू मारिएपछि संयुक्त राष्ट्रसंघले यसअघि पनि युद्धविराम गर्ने आह्वान गरेको थियो। गत नोभेम्बर २७ मा पनि गाजामा युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावलाई १२० देशले पक्षमा मतदान गरेका थिए। त्यतिबेला ४५ देशहरूले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए। संयुक्त राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै इजरायलले गजामाथि आक्रमणलाई निरन्तरता दिएको थियो।
इजरायल-हमास लडाइँको ४८ दिनपछि सातादिनका लागि गाजामा युद्धविराम भएको थियो। त्यो बेला हमासले १३६ जना बन्दीलाई बन्धनमुक्त गर्दा इजरायलले ही बन्दीलाई रिहा गरेको थियो। अझै एक सयभन्दा बढी व्यक्ति हमासको कब्जामा रहेको इजरायलको दाबी छ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो। बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन्।
इजरायल-हमास युद्ध सुरू भएको तीन महिना लाग्दै गर्दा गाजामा १८ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ।
यस्तो छ सूची

