२०८३ साउन १३ गते बुधबार

सीडीओ नै टेर्दैनन् अदालतको आदेश, फैसला आएपनि पीडितले पाउँदैनन् नागरिकता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २७
nagarikata

काठमाडौं- सर्वोच्च अदालतले फैसला गरेर नागरिकता दिन आदेश दिएपनि जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता नदिएको भन्दै पीडितहरूले गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरूले सर्वोच्चले गरेको फैसला पनि पनि कार्यान्वयन नगरेको भन्दै पीडितले गुनासो गरेका हुन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्वोच्चको फैसला लिएर सरकारी निकाय धाएको वर्षौँ बित्दा पनि अनेक बाहनामा आफूहरूलाई दु:ख दिने कार्य मात्र गरेको भन्दै पीडा पोखेका हुन्।

भक्तपुर बस्दै आएकी २४ वर्षीय नेहा थापाले आफूले इन्जिनियरिङ विषयमा स्नातक गरेपनि नागरिकता नहुँदा प्रमाणपत्र लिन नपाएको दुखेसो पोखिन् । ‘मेरो बुबा म चार वर्ष हुँदा छोडेर हिँड्नुभएको रे। अहिलेसम्म केही थाहा छैन उहाँबारे,’ उनको दुखेसो थियो, ‘जहाँ पनि बुबाको नाम लेख्न पर्ने अवस्था छ। राजेन्द्र थापा भनेर लेखियो। जन्मदर्ता बन्यो पनि । तर, अहिले नागरिकता बनाउने बेला जन्मदर्तामा बाबुको नाम रहेछ भनेर आमाको नामबाट नागरिकता बनाउन दिएका छैनन्। मैले भोगेको समस्या कसले बुझिदिने?’

आफू बालिग बनेदेखि सुरु गरेको नागरिकता प्राप्तीको लडाइँमा अदालतले फैसला गरिदिए पनि सीडीओ कार्यालयले नागरिकता दिनै नचाहेको गुनासो उनको छ। ‘निरन्तर सीडीओ कार्यालय नआउनु भन्नुहुन्छ उहाँहरू। बुवाको डकुमेन्ट म कहाँबाट ल्याउँ?’ उनले थप पीडा सुनाइन्।

काठमाडौं बस्ने ३१ वर्षीय अविनाश थापाका बाबुआमा छैनन्। आफू आमाको पेटमा हुँदा बुवा बेपत्ता भएको र आमा पनि आफू जन्मिएको ४/५ महिनामा छाडेर हिँडेको भन्ने आफूले सुनेको उनको भनाइ छ।

‘म मामलीमा हुर्किएँ। बुवाको नाम अर्जुन थापा हो भन्छन्। म अहिले ३१ वर्षको भएँ। मैले नागरिकता पाउन वर्षौँदेखि संघर्ष गरिरहेको छु,’ उनले भने।

आफूले नागरिकता पाउने आधारसहित अदालतमा मुद्दा लडेको र त्यो मुद्दा जितेपनि जिल्ला प्रशासन कार्यालयले आफूलाई नागरिकता नदिएको गुनासो अविनाशको छ।

‘अदातलको पूर्ण पाठ लिएर गएँ। मैले मुद्दा जितेको छु। सीडीओ कार्यालयले बुवाआमा लिएर आउन भन्छ। म कहाँ जाने खोज्न?,’ अविनाश थप गुनासो गर्छन्, ‘फैसला कार्यान्वयन गर्नू भनेर फैसला कार्यान्वयन निर्देशनालयले पत्र पनि पठायो। त्यो सम्झाउँदा जसले फैसला गरेको उसैसँग गएर नागरिकता माग भन्छ। हामी कहाँ जाने?’ अविनाश थप्छन्, ‘मेरो कक्षा १ मा पढ्ने छोरा छ। उसको जन्मदर्ता गर्न पाएको छैन। म कसरी उसको अधिकार स्थापित गरिदिउँ?’

उमेरले ७० पुगेकी सानुमाया क्षेत्रीले नागरिकताकै विषयले आफ्नो परिवार छिन्नभिन्न भएर आफू बेसाहरा बन्नुपरेको दु:ख व्यक्त गरिन्।

सानै छँदा काभ्रेबाट काठमाडौँ आएकी उनी अहिलेसम्म काभ्रेमा आफ्नो थातथलोबारे जानकार छैनन्। काठमाडौंमै ज्यामी काम गर्दै बसेकी उनको यतै विवाह भएर दुई छोरा र एक छोरी जन्मिए। काठमाडौंको चण्डोल बस्दै आएकी उनका श्रीमान् २०४२ सालयता सम्पर्कविहीन छन्।

आफ्नै नागरिकता नहुँदा छोराछोरीलाई पनि नागरिकता बनाइदिन नसकेको बताएकी उनको यतिबेला छोराछोरीसँग पनि सम्पर्क छैन। नागरिकता बनाउन ‘बाबु खोज्छु’ भन्दै तीन वर्षअघि हिँडेका कान्छा छोरा फर्किएकै छैनन्।

जेठा छोरालाई नागरिकता बनाइदिन सकिनन्। छोराको बिहे भयो। नातिनी जन्मिइन्। त्यसपछि छोराले आफ्नो नागरिकता नभएका कारण छोरी (सानुकी नातिनी)को जन्मदर्ता बन्न नसकेको भन्दै गुनासो गरिरहे। रिसाए। गाली पनि गरे। उनलाई छोडेर हिँडे। ‘कहाँ छन् भन्ने पत्तो छैन। मेरो नागरिकता बनेको भए छोराछोरीलाई नागरिकता र नातिनीलाई जन्मदर्ता बनाइदिन्थेँ। छोराबुहारी पनि अलग भए।’ नागरिकताको विषयले सानुमायाको परिवार छिन्नभिन्न भयो।

१७ फागुन २०७९ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र डा. कुमार चुँडालको संयुक्त इजलासले सानुमाया र उनका छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिन फैसला गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको नाममा आदेश दिएको थियो। तर, आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकता दिएको छैन। अनेक बाहना बनाएर जिल्ला प्रशासन कार्यालयले पीडितलाई अझ बढी दु:ख थप्ने गरेको उनको मुद्दा लड्न र नागरिकता प्राप्तीका लागि सहयोग गरिरहेकी महिला, कानुन तथा विकास मञ्च (एफडब्लुएलडी)की अधिवक्ता सुषमा गौतमले बताइन्।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक सरोजराज रेग्मी अदालतको फैसला कार्यान्वयनको जिम्मेवारी जिल्ला तहको अदालतको भएको बताउँछन्। साधारणतया अदालतको फैसला कार्यान्वनय हुँदैन भन्ने कानुनी मान्यता नभएको बताएका उनले आफ्नो निकायले फैसला कार्यान्वयन गराउन समन्वय गर्ने तर थप कारबाही भने गर्न नसक्ने बताए।

‘फैसला कार्यान्वयन नभए मुद्दामाथि मुद्दा गर्ने भन्ने हुँदैन। आएको गुनासो र उजुरी लिन्छौँ,’ उनले भने, ‘कार्यान्वयन तहमा हिचकिचावट भए हामी समन्वय गर्छौं। कार्यान्वनय गर्न निर्देशन दिन्छौँ। हामी आफैँले कारबाही गर्ने होइन।’

प्रकाशित: २०८० मङ्सिर २७ गते बुधबार ११:१२
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना