२०८३ कार्तिक १५ गते शनिवार

कोशीबाट ३० पहिचानवादी पक्राउ, एमालेयात्रा नसकिएसम्म हिरासतमै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २८
pahichan

विराटनगर- नेकपा एमालेको मध्य पहाडी राजमार्ग सङ्कल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा कोशी प्रदेशबाट अहिलेसम्म ३० जना पहिचानवादी पक्राउ परेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३० जनालाई पक्राउ गरिएको हो।

बिहीबार भोजपुरबाट ९ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जनता समाजवादी पार्टी भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास राईलगायत छन् ।

यसअघि मङ्सिर २६ गते प्रहरीले उदयपुर र खोटाङबाट पूर्वमन्त्री तथा नेता गोपाल किराँतीसहित १२ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई, पनन राई, विदुर राईलगायत छन्।

बुधबार धनकुटाबाट पक्राउ पर्नेहरूमा प्रदेश पहिचान संयुक्त सङ्घर्ष समिति सङ्खुवासभाका संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कमलसि तिगेला, नेताहरू उमा चाम्लिङ, जितेन्द्र्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ रहेका छन्। उनीहरूलाई धनकुटा र भोजपुरको सीमामा पर्ने लेगुवाबाट पक्राउ गरिएको हो।

एमालेको अभियान आज लेगुवाबाट धनकुटा प्रवेश गर्दैछ। टोलीले पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा गर्ने तयारी गरेको छ। उक्त यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रमा सुरक्षा सतर्कता मजबुत बनाइएको प्रदेश प्रहरी कार्यालय कोशीले जानकारी दिएको छ।

यसअघि प्रहरीले झापाको दमकमा मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाउँदै उनको गाडीमा ढुङ्गा प्रहार गर्ने १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाण्डव चौधरी रहेका छन्। कालो झण्डा देखाउने अन्यको पनि खोजी भइरहेको डिआइजी बाँस्तोलाले बताए।

एमालेको अभियान नसकिएसम्म पक्राउ परेका पहिचानवादी नछोडिने प्रहरीले जनाएको छ। एमालेको अभियान पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिँदैछ।

प्रकाशित: २०८० मङ्सिर २८ गते बिहिबार ०१:३२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना