धनकुटा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा हातपात भएको हो।
स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ। आक्रमण गर्ने व्यक्ति राईको एउटा हात भने सुरक्षाकर्मीले समाएको देखिन्छ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मादक पदार्थ सेवन गरेका व्यक्तिले हातपात गरेको बताए।
मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा ओली धनकुटा पुगेका थिए।
