जनकपुरधाम- थमन विक हत्या प्रकरणका अभियुक्त नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन्।
उनीसँगै अर्का अभियुक्त मोहन कापरले पनि सफाइ पाएका छन्। जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश सुनाएको हो। आगजनी मुद्दामा पनि महतोलाई जिल्ला अदालतले सफाइ दिएको छ।
२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो। उक्त अपराधमा कोइरी पनि संलग्न भएको भन्दै मुद्दा परेको थियो। तर महतोले सफाइ पाएका छन्।
उक्त मुद्दामा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाए छ।
जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन्। त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन्।
मुद्दामा सफाइ पाएसँगै प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका उनको निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्ने छ।
गत स्थानीय तहको निर्वाचनमा कांग्रेससहितको गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका कोइरीले विजयी बनेका थिए।


