काठमाडौँ – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्प बैठकका मुख्य एजेण्डा छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।


