काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दल दर्ता आजसम्म गर्न सकिने छ। निर्वाचन आयोगले माघ ११ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आजसम्मको समय दिएको थियो।
आयोगका अनुसार संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने छ।
मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउने आयोगले जनाएको छ। बिहीबारसम्म १० वटा राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।


