२०८३ कार्तिक २२ गते शनिवार

दुई बुँदे माग राखेर फेरि अनशन सुरु गर्दै डा केसी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २९
gkc

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै फेरि सत्याग्रह सुरु गर्ने भएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै डा केसीले साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्।

संक्रमणकालीन न्यायप्रक्रिया टुंगोमा पुर्‍याउन र यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न पर्ने उनको माछ।

सरकारी अस्पतालमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निशुल्क औषधिहरु सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउन सरकारले डा केसीसँग पटपटक सम्झौता गर्दै आएपनि कार्यान्वयनको गति सुस्त छ।

डा केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेको १० दिन मात्र भए पनि डा केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका हुन्।

यस्तो छ विज्ञप्ति –
हामी लामो समयदेखि स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, कुना काप्चा र विपन्न वर्गका देखि लिएर सवै नेपाली हरुको गुणस्तरिय, निशुल्करसस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँच का लागि र सुशासनका लागि लड्दै आएको सवै लाई अवगत नै छ।

त्यसका लागि बारम्बार सत्याग्रही आन्दोलन समेत गरेका छौं। तर जुन पार्टीहरु सरकारमा गए पनि इमान्दारीसाथ हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरेका छैनन्। बरु बारम्बार धोका दिइरहेका छन्।

यसैबीच देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको छ। दण्डहीनता अन्त गर्नका लागि संविधानले स्थापना गरेका संस्थाहरु आफैं दलीय भागवण्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगजस्ता संस्थाहरु पार्टी कार्यकर्ताहरुका भर्तीकेन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्यच्युत बनाएका छन्। राज्यका हरेक अंगमा दलीयकरणको पराकाष्ठा छ। नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा नेताहरु भएका सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुलाई डुबाएर आफैं ती क्षेत्रमा व्यवसाय गर्नमा लिप्त छन्। साथै नयाँ सरकारी संस्थाहरू खोल्न दिईरहेका छैनन्।

परिणामतः आम नागरिकहरुको जीवन दिन प्रतिदिन कठिन बन्दै गइरहेको छ। रोग लागे घरखेत नबेची उपचार नहुने अवस्था छ धेरैका लागि। केटाकेटीको औसत शिक्षाका लागि बाबुआमाको आयले नपुग्ने अवस्था छ। दुरदराजमा आज पनि मानिसहरु निरक्षर रहन अभिशप्त छन्। रोगहरुको समयमा उपचार नपाउँदा अंगभंग भएर आजीवन कठिन जीवन बिताउन मानिसहरु बाध्य छन्। समयमा आकस्मिक उपचार नपाएकै कारण मानिसहरुको ठूलो संख्यामा मृत्यु हुने गरेको छ। उपचारका लागि सरकारी अस्पतालमा जाँदासमेत महँगो शुल्क तिर्नुपर्ने अवस्था छ। निःशुल्क उपलब्ध हुनुपर्ने औषधि ( उपचारहरु अस्पताल र स्वास्थ्य संस्थाहरुमा छैनन्।

यो अवस्थाप्रति संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरु अनभिज्ञजस्तै देखिन्छन् किनकि उनीहरु कहीं कसैप्रति जवाफदेही बनेका छैनन्। सत्तारुढ दलका होउन् वा प्रतिपक्षका, राज्यस्रोतको दोहनबाहेक उनीहरुको कुनै उद्देश्य देखिंदैन। तीमध्ये सम्वन्धित मंत्रालयका पनि मंत्री जस्ता मानिसहरु त स्वास्थ्य क्षेत्रका जल्दा बल्दा चुनौती सम्वोधन गर्नु त परै जाओस् माफिया र स्वार्थ समुहहरुको स्वार्थमा जथाभावी झुट बोल्ने र सुधारको प्रक्रिया उल्ट्याउने प्रयासमा अभियन्ताहरुलाई गालीगलौज गर्ने हदसम्म झुकेका छन्। त्यस्ता मंत्रीलाई पदच्युत गर्नुको साटो‌ प्रचण्ड र देउवाले पुरस्कृत गरिरहेका छन्।

उनीहरु सबैमा देखिएको दण्डहीनताको मुख्य कारण भने विगतदेखि नै जघन्य अपराध गर्नेहरु समेत दण्डित हुनुको सट्टा पुरस्कृत हुनु हो। खास गरी दश वर्षे सशस्त्र युद्धमा जघन्य तथा मानवताविरोधी अपराध गर्नेहरुसमेत दण्डित नहुँदा राज्यका सबै तहमा दण्डहीनता संस्थागत हुन पुगेको छ। सो यूद्ध मा युद्धरत दुवै पक्ष९ राज्य र माओवादी तर्फ० बाट साधारण नागरिक , सुरक्षा कर्मी र माओवादी लडाकुहरु लगायत गरेर करिब १३,००० व्यक्तिहरू मारिए भने १,३०० व्यक्तिहरू वेपत्ता पारिए। त्यस्तै हजारौ घाईते तथा अंग भंग वनाइए, यातना दिइए। हजारौंलाई गैरकानुनी ढंगले वन्दी वनाईयोरअपहरण गरियो ( यातना दिइयो, ठुलो संख्यामा महिलाहरु बलात्कृत भए। हजारौं बालबालिकाहरुका हातबाट कलम खोसेर राइफल थमाउँदै उनीहरुलाई युद्धको आगोमा हालियो।

उक्त द्वन्द्वका अधिकांश पिडितहरुलाई अझै पनि न्यायबाट वन्चित गरेर राखिएको छ। जवकी पीडकहरु वृहत् शान्ति सम्झौता भएदेखि प्राय निरन्तर सत्तासीन छन्। साधारण नागरिक लाई सानो गल्ती को सजाय हुने देशमा मानवता विरोधी जघन्य अपराध गर्नेहरु उचित सजाएको भागी वन्नु नपर्ने किनरु ुचोरलाई चौतारी साधुलाई सुलीु भनेको यही हैन र ?

हामीलाई लाग्छ न्याय नभएसम्म शान्तिपूर्ण र समृद्ध समाजको कल्पना गर्न पनि सकिंदैन।

यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त गर्नु हाम्रो कर्तव्य बन्न जान्छ। विगत लामो समयदेखि यी मुद्दाहरु उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौं। तर पनि अवस्था परिवर्तन भएको छैन। त्यसैले राज्यलाई जवाफदेही बनाउनका लागि हामीले देहायका मागहरुसहित यही मंसीर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।

सत्याग्रहका मागहरु

१, सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस्।

२- यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस्।

  • सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने
  • गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनेस चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनेस जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने।
  • १०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गर्ने
  • विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्नेस ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्नेस एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने
  • सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानुनी व्यवस्था गर्ने

डा गोविन्द केसी
२०८० मंसीर २९

प्रकाशित: २०८० मङ्सिर २९ गते शुक्रबार ०१:०७
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

‘महिनौँ बितिसक्यो, ग्यास पाएको छैन’

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना