२०८३ कार्तिक १५ गते शनिवार

बालेनले प्रचण्डसँग मागे ३ काममा सहयोग, यस्तो छ प्रधानमन्त्रीको जवाफ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २९
balen_prachanda
फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई महानगरका मुख्य ३ समस्या सुनाउँदै समाधानको पहल गरिदिन आग्रह गरेका छन्।

२९ औं महानगर दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा बालेनले तीनकुनेको मुआब्जा विवाद, खोला अतिक्रमणको समस्या र फोहोरको दीर्घकालीन व्यवस्थापनको समस्या सुनाउँदै तीनै तहका सरकारबाट समाधानको पहल गर्नुपर्ने बताए।

‘महानगरले गरेको सफलताको कुरा त थाहा नै भइरहेको हुन्छ, त्यो भन्नै पर्दैन,’ बालेनले भने, ‘विशेषगरी तीन वटा विषयमा ठूलो चुनौती रहेको छ। यसमा महानगर, प्रदेश सरकार र संघ सरकारले मिलेर समस्याको समाधान होस्।’

बालेनले अब आफ्नो कार्यकाल साढे ३ वर्ष बाँकी रहेको भन्दै सोही अवधिमा महानगरका समस्या समाधानमा सहयोग पाउनेमा आशावादी रहेको बताए।

‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन्। तीमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन्,’ उनले भने, ‘महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकोस्।’

प्रधानमन्त्री प्रचण्डले महानगरको कामको प्रशंसा गरे। समारोहमा बोल्दै प्रधानमन्त्रीले महानगरको कामले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त भइरहेको बताएका हुन्।

पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरूलाई गम्भीरतापूर्वक हेरेको भन्दै प्रचण्डले शहरी सौन्दर्य, शिक्षा, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सुर्ति, चुरोट लगायतका वस्तुमा गरेको नियमन लगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गरे।

हिजोबाट प्रतिबन्ध गरेको सुर्तीजन्य पदार्थ समेत समावेश गर्दै उनले भने, ‘सांस्कृतिक सम्पदाहरू संरक्षण, लागुऔषध, सुर्ती–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी लगायतका क्षेत्रमा महानगरले गरेको पहलमा संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ।’

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्ने प्रतिबद्धतासमेत जनाएका थिए। सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने उनको भनाइ छ।

‘स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप स्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्नेछु,’ उनले भने, ‘संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण मेरो पहिलो प्राथमिकतामा छ ।’

संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै यो प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने उनले बताए।

 

प्रकाशित: २०८० मङ्सिर २९ गते शुक्रबार ०१:२०
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना