काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक सर्ने भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको हो।
यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने कांग्रेसको निर्णय थियो।
पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडोको कारण देखाउँदै महासमिति बैठक सार्ने प्रस्ताव गरेका थिए।
