काठमाडौँ- सडकलाई विकासको सूचकका रूपमा पनि लिइन्छ। सडक सुविधाले जोडिएको गाउँघरसम्म अन्य पूर्वाधार पुग्न सहज हुन्छ।
राजधानी काठमाडौँ उपत्यकाका सडकको अस्तव्यस्तताबाट अन्य पूर्वाधारको अवस्था पनि अनुमान गर्न सकिन्छ।
सडकमा धुलो, सवारी साधनले निकाल्ने धुवाँ, ढल र खानेपानीका लागि जथाभावी खनेर परेको खाडल, बिजुलीको भूमिगत तार व्यवस्थापनको काम जस्ता क्रियाकलापले सडक अस्तव्यस्त छन्।
यति मात्र नभई सडकमा कोरिएका जेब्राक्रस, सडक लेन मेटिएको छ भने कहीँकहीँ त जेब्राक्रससमेत नहुँदा पैदलुले सकस भोग्नु परेको छ। भूमिगत बिजुलीका हेडबक्स फूटपाथ असरल्ल छन्। जोखिमका सूई पन्छाउँदै हिँड्नपर्ने अवस्था छ।
उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको सवारी साधनको संख्याले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने धुलोधुवाँले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पारेको छ।













तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


