२०८३ कार्तिक १६ गते आईतबार

महासमिति बैठकले अबको चुनावमा गठबन्धन नगर्ने डिक्लेयर गर्नुपर्छ : महामन्त्री थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३०
gagan thapa

पाल्पा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब उप्रान्त कांग्रेसले गठबन्धन नगर्ने घोषणा गर्नुपर्ने बताएका छन्। शनिबार पाल्पा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर भएको र यसको सैद्धान्तिक आधार समेत खस्किएको बताए।

‘हामीले हाम्रा मतदातालाई रुखमा होइन हसिया हथौडा,कलममा भोट हाल्न लगायौं। साइकलमा भोट हाल्न भन्यौ। मैले यस कुरामा फरक मत राखे पनि त्यसको अर्थ छैन,’ उनले भने, ‘म साथीहरुलाई पनि केही दोष दिन्न,किनकी हामीले निर्णय गरेको हो। तर अब महासमिति बैठकबाट हामीले भन्नुपर्छ,जे भयो भयो जितिने लोभ र हारिने डरले रुखबाहेक अरु चिन्हमा छाप लाउने अपराध अब गर्ने छैनौं भनेर डिक्लियर गनुपर्छ।’

महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला काम नगर्ने हो भने अरुलाई दोष दिएर उम्किने ठाउँ नभएकाले सरकारले गल्ती गरे प्रधानमन्त्रीलाई बालुवाटारबाट खुमलटार पठाउँछौं भन्ने आँट पनि गर्नुपर्ने बताए। महामन्त्री थापाले कांग्रेसका ८ लाख ७० हजार क्रियाशील सदस्यभन्दा बाहिर २० लाख भन्दा बढी जनता कांग्रेसको घरलाई मन्दिर मान्नेहरु रहेको बताए।

उनीहरुको आस्थामाथि चोट लागेको भन्दै उनले शेरबहादुर देउवादेखि गाउँसम्मका सभापतिले उनीहरुसँग हात जोडेर माफी माग्दै अब रुखबाहेक अरुलाई भोट हाल्न लगाउने गल्ति अपराध अब नगर्ने भनेर नयाँ यात्रा शुरु गर्नुपर्ने बताए।

प्रकाशित: २०८० मङ्सिर ३० गते शनिवार ०७:२५
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना