२०८३ कार्तिक १२ गते बुधबार

सिंहदरबार बैठकको उपलब्धि, शीर्ष नेताहरुबीचको तिक्तता हटाउने पहल

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २६
sabhamukh-with-three-party-leaders
फाइल तस्बिर

काठमाडौं– सत्ता गठबन्धन फेरबदलको रस्साकसीले तिक्त सम्बन्धमा रहेका राजनीतिक दलका शीर्ष नेताहरु करिब दुई महिनापछि सिंहदरबारको एकै कोठामा बसे। सभामुख देवराज घिमिरको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओली लामो समयपछि बैठकमा बसेका हुन्।

सिंहदरबार बैठकमा संसद् सञ्चालनलाई सहज बनाउने विषयबारे नेताहरुबीच कुरा मिले पनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले जनयुद्धकालमा भए गरेका गम्भीर मानव अधिकार उल्लंघनका विषयमा मुछिएकालाई माफीनामा दिने गरी सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन संशोधनका लागि संसद्मा पेस भएको विधेयकबारे भने सहमति जुट्न सकेन।

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय निरुपण (टिआरसी) विधेयकलाई फास्ट ट्याकबाट पारित गर्ने विषयमा जोड दिए पनि एमाले अध्यक्ष केपी ओलीले त्यसमा सहमति जनाएनन्। प्रचण्ड आफैंले जनयुद्धकालमा ५ हजार मान्छे मारेको जिम्मा लिने सार्वजनिक घोषणा गरेको विषयलाई उनीमाथि ज्यान मुद्दामा कारबाही गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट हाल विचराधीन छ। त्यसैले पनि प्रधानमन्त्री प्रचण्ड र उनको पार्टी नेकपा माओवादी केन्द्र विधेयकलाई फास्ट ट्रयाकबाट पारित गराएर अपराधको अवगालबाट बच्न चाहन्छन्।

यसमा सत्तारुढ कांग्रेस र माओवादी सहमत भए पनि एमालेले असहमति जनाएको छ। बैठकपछि एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानुपर्छ। सदनका कामकारबाहीको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो। दुई तीन दिनभित्र अर्को बैठक बस्छ।’

बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री प्रचण्डले भने संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाइने बताए। बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुंग्याउने भन्नेबारेमा नेताहरुबीच सूक्ष्म छलफल भएको उनको भनाइ छ।

उनले भने, टिआरसी प्राविधिक पाटो भएकाले विज्ञहरू बसेर २८ चैतको बैठकले टुंग्याउने कुरा भएको छ। हामीले फास्ट ट्रयाकबाट टुंग्याउने भनेका छौं। प्रतिपक्षले समितिमा लैजाने कुरा छ। बीचको बाटो खोज्ने भन्ने छ।’

सभामुख घिमिरेले शीर्ष दलका नेताहरुबीच कुराकानी नभइरहेको अवस्था चिर्न बैठक बोलाइएको बताए । उनले भने, ‘सहमति र विमतिभन्दा पनि नेताहरूको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन। सामान्य कुराकानी गराउन पहल भएको छ।’

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकलाई प्राथमिकता दिएको छ।

प्रकाशित: २०७९ चैत २६ गते आईतबार ०६:५५
प्रतिक्रिया

थप समाचार

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रिँदा विदेशी मुद्रा सञ्चिती बढेर पुग्यो साढे २६ अर्ब डलर

रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति बढेको हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना